सप्तरी । उदयपुरको आम्बासीमा अटो दुर्घटना भएको छ ।
आज दिउँसो १२ बजेतिर जिल्लाको वेलका नगरपालिका-१ आम्बासी चोकमा स१ ह३२७१ नम्बरको अटो दुर्घटना भएको हो । दुर्घटनामा परि सोही नगरपालिका-२ गलफरीयाकी अन्दाजी ५७ बर्षीय इन्दिरा बिष्ट घाइते भएकी छन् ।
घाइते इन्दिराको वेलका पोलिक्लिनिक प्रालीमा उपचार भइरहेको स्थानियले जानकारी दिएका छन् । घाइते इन्दिराको अवस्था समान्य नै रहेको सो पोलिक्लिनिकका एक डाक्टरले बताएका छन् ।
तपाईको प्रतिक्रिया