सप्तरी (फत्तेपुर) । युवा नेता ललन प्रसाद गुप्ताले नेपाली कांग्रेस चुनावबाट पछी नहट्ने बताएका छन् ।
प्रतिनिधि सभा बिघटनलाई असंवैधानिक भन्दै काँग्रेसले विगत ३ गते देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो । सोही दिन नेपाली कांग्रेस कंचनरुप नगरपालिका नगर कार्य समितीले आयोजना गरेको कार्यक्रममा बोल्दै युवा नेता गुप्ताले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्लाको क्षेत्र नं. १ को क्षेत्रीय सह-सभापतीसमेत रहेका युवा नेता गुप्ताले कांग्रेस चुनावबाट पछी नहट्ने बताए । सर्वोच्चले ओलीतन्त्रको पक्षमा फैसला गरेपनि कांग्रेस नडराउने नेता गुप्ताले बताएका थिए । साथै, अदालतले ओलीतन्त्रको पक्षमा फैसला गरे कांग्रेस सर्वोच्च भन्दा ठुलो अदालत जनतामा जाने बताए।
कार्यक्रममा बोल्दै गुप्ताले देशको संविधान कांग्रेसले नै बनाएको बताएका थिए । साथै, उनले प्रधानमन्त्री केपी ओली अधिनायकवादमात्रै नभाई भ्रष्टचारी, बलात्कारी भएको पनि बताएका छन् ।
सोही दिन सप्तरी जिल्लाकै सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा पनि काँग्रेसले विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनमा बोल्दै सप्तरी जिल्ला कार्य समिति सदस्य चन्दशेखर चौधरीले ओली नेतृत्व सरकार केन्द्रमा मात्रै नभई स्थानिय तहसम्मै असफल भएको बताएका थिए ।

साथै उनले राजा शासनलाई देशबाट हटाइएझैँ सर्वसत्तावादी कम्युनिष्टको ६ सरकारलाई हटाउनु पर्ने बताए। उनले भनेका थिए ‘जसरी यस देशबाट राजा शासनलाई हटायौँ, पनचायत शासनलाई हटायौँ त्यसैगरी अबको दिनमा सर्वसत्तावादी कम्युनिष्टको ६ सरकारलाई हटाउनु पर्ने अवस्था आएको छ ।’
देशमा संकट परेको बेला काँग्रेसले आन्दोलनको अगुवाई गरेर स्थापित गरेको पनि उनले बताए । उनले भने ‘जब जब राष्ट्रमा संकटको घरी आयो तब तब यस देशमा नेपाली काँग्रेसले आन्दोलनको अगुवाई गर्यो र स्थापित गर्यो ।’ पछिल्लो समय प्रम ओलीले चालेको कदमको हल काँग्रेसले निकाल्ने उनको धारणा थियो ।साथै अब चुप लागेर बस्नु नहुने पनि बताए । उनले भने ‘अब हामी चु लागेर बसनु हून्न, अब हामी सर्वसत्तावादी ओली सरकार विरुद्ध एक जुट हुनुपर्छ ।’
तपाईको प्रतिक्रिया