काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको रक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् ।
आज निकट अखिल नेपाल महिला संघको कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष दाहाल प्रचण्डले गणतन्त्रको रक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका हुन् ।
‘ओली भेडा हुन्,’ प्रचण्डले भने,‘भेडाको हुलमा बसेपछि सिंह पनि भेडा जस्तै बन्दोरहेछ ।’ ओलीले गणतन्त्र र संघीयता नै विघटन गरेको आरोप लगाए । आफूले २१ सय वर्ष लामो राजतन्त्रको अन्त गरेर गणतन्त्रलाई जन्म दिएको भन्दै ओलीले त्यसको हत्या गर्न खोजेको आरोप लगाए ।
गणतन्त्ररुपी बालक आइसियूमा भएको र त्यसको हत्या गर्न ओली लागेको उनको तर्क थियो । ‘देशमा २१ सय वर्ष अघिदेखि रहेको गणतन्त्र, अढाई सय वर्ष देखिको निरंकुश शाहवंश अन्त गर्न ७० वर्ष लाग्यो,’ उनले भने,‘हामी कदापि त्यसको हत्या गर्न दिनेछैनौं ।’
तपाईको प्रतिक्रिया