काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताएका छन् ।
सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा डा. भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताएका हुन् ।
प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक भएको जिकीर गर्दै डा. भट्टराईले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नभए र बाहिरी हस्तक्षेप बढ्दै गए चुप लागेर नबस्ने चेतावनी दिए । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ अग्रसर भएको आरोप पनि लगाए ।
उनले, ‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिने समय आयो ।’भनेका छन् ।
तपाईको प्रतिक्रिया