काठमाडौं । सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ सुरु भएको जनाइएको छ ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ सुरु भएको जनाइएको हो ।
अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् । आइतबार चार जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए । संसद विघटनको मुद्दामा आइतबार
न्यायाधीश र वकिलबीच सवाल जवाफ भएको थियो ।
अब सर्वोच्चले दैनिक रुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
तपाईको प्रतिक्रिया