सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ५ जनाको मृत्यु भएको छ ।
देशमा आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको सख्याएक १९५९ पुगेको जनाएको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा थप २६६ जना सङ्क्रमण देखिएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६७ हजार ३२२ जना पुगेको छ । अहिलेसम्ममा २० लाख १२ हजार ४५२ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
अहिसम्म ३९१९ जना आइसोलेशनमा र २२१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया