सप्तरी । यसै महिनाको अन्तिम सम्मा जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको जनाइएको छ ।
माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीले जनाएको हो। जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिए । सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी नरहेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया