काठमाडौं । सत्ताको खेलविरुद्ध व्यंग्य गर्दै माइतीघरमा डोरी तानेर प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि चौतर्फी विरोध जारी छ। यसैक्रममा नेपाली कांग्रेस समर्थित युवा प्रचार नेटवर्कले शुक्रबार माइतीघर मण्डलामा डोरी तानेर विरोध प्रदर्शन गरेको हो।
प्रधानमन्त्री ओलीको कदम गणतन्त्रविरोधी रहेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्रीविरुद्ध नारा लगाएका थिए। विरोधमा प्रदर्शनकारीले डोरी तान्दै नेकपाभित्रको विवादलाई व्यंग्यसमेत गरे।
तपाईको प्रतिक्रिया