सप्तरी । अपार शक्तिशाली भवरी देवी माताको प्रांगणमा लागेको ‘मेला’ सम्पन्न भएको छ ।
माघी पर्वको शुभ अवसरमा उदयपुर जिल्लाको बेलका नगरपालिका-१ भालमन्ती स्थित भवरी देवी मन्दिरमा आज ‘मेला’ लागेको कन्तिपुर सन्देश मिडीयाका रिपोटर सगिन्ता फत्तेपुरियाले बताएकी हुन् ।
यसै मेलाको क्रममा ७ औँ माघी मेला उत्सवको कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रम वेलका न.पा. १ का वडाअध्यक्ष दिनेश्वर प्रसाद चौधरीको प्रमुख अतिथीमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै चौधरीले अपार शक्तिशाली भवरी देवी माताको मन्दिर पुनः निर्माण देखि लिएर त्यहाँको बिकासका लागि अवश्यक कदम चालीरहेको बताएका छन् । उनले अगामी साल सम्ममा आज सम्पन्न भएको कार्यक्रमको मञ्च विकास गरी व्यवथित तरिकाले कायंक्रम गर्ने बताएका छन् ।
वडा अध्यक्ष चौधरीले माता भवरीको पानी अमृत भएको बताएका छन् । साथै, उनले माता भवरीको पानीलाई चाडै नै धाराको माध्यमद्वारा पर्यटक तथा भक्तजनमा पुर्याउने बताएका छन् । उनले भवरी देवी माताको स्थल पुग्ने बाटो खराव भएको पनि बताएका छन् । साथै, यहाँसम्म पुग्ने बाटोलाई पिच गर्ने योजना ल्याएको र चाडै बन्ने पनि विश्वास दिलाएका छन् ।
पर्यटक बढाउन स्वीमिग पूल बनाउने योजना रहेको पनि उनले सुनाएका छन् । उनले थप्दै भनेका छन् ‘यहाँ पर्यटक बढाउन स्वीमिग पूल बनाउने प्लान बनाएका छौं ।’

तपाईको प्रतिक्रिया