काठमाडौं । कोरोना भाइरस संक्रमणबाट देशमा थप ५ जनाको मृत्यु भएको छ ।
देशमा आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९३७ पुगेको जनाएको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा थप ४४५ जना सङ्क्रमण देखिएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६६ हजार १४३ जना पुगेको छ । अहिसम्म १९ लाख ९२ हजार ८५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया