सर्लाही । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले नेकपा नफुटेको पनि बताएका छन् । कार्यक्रममा आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताएका छन् ।
उनले ‘तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको हो’ भने । उनले पार्टी कानूनीरुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताए ।
तपाईको प्रतिक्रिया