चौतारा। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई धम्क्याउने प्रवृत्ति गलत भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रतिनिधि सभा विघटन वा पुनस्र्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा काँग्रेस रहेको बताउँदै यस्तो बताएका हुन् ।
काँग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे–३ मा आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको स्पष्ट गर्दै उनले अदालतको फैसला काँग्रेसलाई मान्य भएको बताए ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भए पनि अदालतबाट आउने फैसला मान्न काँग्रेस तयार रहेको बताए ।
तपाईको प्रतिक्रिया