काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत विच अब कुनै समस्याहरु नरहेको वर्ष सन् २०२१ लाई घोषणा गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको हुदा नेपाल र भारत विच अब कुनै समस्याहरु नरहेको वर्ष सन् २०२१ लाई घोषणा गरिने बताएका हुन् ।
उनले ‘स्पष्ट रुपमा भन्दा चीन र भारतसँग कुनै पनि खालका समस्याहरु रहेका छैनन् तर भारतसँग एउटा सानो समस्या (कालापानी) रहेको छ ।’बताएका छन्
उनले भारतसँगको सीमा समस्याको सम्बन्धमा सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत बताएका छन् । साथै उनले ‘यस विषयमा हामीले शान्त वातावरणमा, मिहीन ढंगले र प्रमाणका आधारमा कुराकानी गर्नुपर्छ ।’भनेका छन्
तपाईको प्रतिक्रिया