काठमाडौं । देशभर आज पृथ्वी जयन्ती मनाइँदैछ ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर आज देशभर पृथ्वी जयन्ती मनाउन लागेको जनाइएको छ ।
पृथ्वीनारायण शाह गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं १७७९ पुस २७ गते जन्मिएका थिए । बाइसे९चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका शााहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेका थिए ।
उनलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पुस २७ गते अर्थात आजकै दिन गोर्खामा जन्मेका शाहले आफ्नो शासनकालमा भुरे टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ ।
तपाईको प्रतिक्रिया