काठमाडौं । परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा विवादबारे छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री १४ तारिखमा भारत भ्रमणमा जाने बताउँदै सीमा विवादबारे छलफल हुने बताएका हुन् ।
ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने समते बताएका छन् । ‘सरकारले नेपाली भू–भाग समेटेर नक्सा छापिएको लगायतका विभिन्न विषयमा भारतसँग छलफल गर्न परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जादैँछ ।’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया