काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजिवीले पनि राजनीतिक पक्षधरता देखाएको बताएका छन् ।
संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाहरुको आलोचना गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजिवीले पनि राजनीतिक पक्षधरता देखाएको बताएका हुन् ।
राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वप्रधानन्यायाधीशतर्फ संकेत गर्दै सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको बताए । एक जना वकिलले प्रधानन्यायाधीशलाई वर्तमान र भविश्य सम्झिएर फैसला गर्नुस् भन्दै उनले ‘अराजकताको पनि हद हुन्छ नि ?’ भनेर प्रश्न गरेका छन् ।
अदालतलाई स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याउने काम भइरहेको बताए । पूर्वप्रधानन्यायाधीशतर्फ संकेत गर्दै उनले सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको बताए । उनले अघि भने, ‘उहाँहरुले कस्तो न्याय दिनुभयो होला ?’
तपाईको प्रतिक्रिया