काठमाडौं। मन्त्री पार्वत गुरुङले पूर्व न्यायाधीशहरुको वक्तव्य आपत्तिजनक भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशहरुले दिएको वक्तव्यप्रति मन्त्री गुरुङले आपत्ति जनाएका हुन् ।
सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित तुल्याउनेगरी पूर्व प्रधानन्यायाधीशहरुले संयुक्त वक्तव्य दिनु उचित नरहको उनले बताए ।
सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय निरुपण तुुल्याउने गरी पूर्व प्रधानन्यायाधीशहरुले स्वतन्त्र न्यायालयको गरिमामाथि आँच आउने काम गरेको मन्त्री गुरुङले बताए ।
गुरुङ सञ्चारकर्मी संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने “संविधान, कानुन र नैतिकता कुनै पनि दृष्टिले सर्वोच्च अदालतको नेतृत्व गरिसक्नु भएका पूूर्व प्रधानन्यायाधीशहरुले अदालतमा विचाराधीन मुद्दामा चासो राख्न मिल्दैन ।”
तपाईको प्रतिक्रिया