काठमाडौं। देशमा थप ३६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३६२ जना सङ्क्रमित थपिएको स्वाथ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ५२१ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख छ ।
त्यस्तै निको हुनेको संख्या कुल दुई लाख ५७ हजार ९२८ पुगेको छ । हाल चार हजार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
तपाईको प्रतिक्रिया