काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने धारण राखेका छन् ।
एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् । ‘ओलीजीले राजीनामा दिएर जानुपर्छ’ उनले भनेका छन् । पौडेलले ओली पञ्चायतको जस्तो चुनाव गर्न खोजेको पनि आरोप लगाएका छन् । उनले भने, ‘चुनाव लड्ने नै भए पञ्चायतको चुनाव पनि लडेको भए हुन्थ्यो नि ?’
ओली तिर प्रश्न सोझयाउँदे उनले संविधानलाई अप्ठ्यारो पार्न पाइन्छ भनेर प्रश्न समेत गरेका छन् । काँग्रेसले घोषित मध्यावधि चुनाव लड्ने समेत उनले बताएका छन् । प्रतिनिधिसभा पुनः स्थापनाको विकल्प नभएको उनको भनाई थियो ।
मध्यावधि चुनावमा जाँदा काँग्रेसलाई क्षणिक फाइदा हुन्छ भन्दैमा हामफाल्न नहुने बताए । उनले अहिलेको प्रमुख चुनौती संविधान बचाउने भएको बताए । उनले भने, ‘मौका मिल्यो भन्दै हौसिने मान्छे होइन । म सिद्धान्तको राजनीति गर्छु ।’
तपाईको प्रतिक्रिया