काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल ओलीले सबैतिर शंका गर्नु ठिक नहुने बताएकी छन् ।
शुक्रबार राष्ट्रियसभामा बोल्दै ओलीले यस्तो बताएकी हुन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सबैतिर शंका भइरहेको भन्दै उनले यस्तो बताइन् ।
‘अहिलेको सरकार सर्वसत्तावादी भयो भन्ने ?’, ओलीले भन्दै प्रश्नसमेत गरेकी छन् । ‘अदालतमाथि जसले शंका गरेको छ त्यो हो सर्वसत्तावादी । त्यसलाई अनावश्यक दबाबमा राख्नु त्यो हो सर्वसत्तावाद ।’ थप्दै उनले भनेकी छन् ।
साथै उनले संविधान भनेको आशय भएको दाबी गरिन् । बेलायतमा अलिखित संविधान भएको र त्यहाँको परम्परा र संस्कृति अनुसार अदालतले व्याख्या गर्ने र त्यसलाई नै नेताले स्वीकार गर्ने बताउँदै हामीले पनि त्यसलाई अनुसरण गर्नुपर्ने पनि बताइन् ।
तपाईको प्रतिक्रिया