काठमाडौं । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना स्वार्थ रक्षाको एजेन्डा मात्रै भएको बताएका छन् ।
संसद पुनस्र्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएउँदै वरिष्ठ नेता महतोले संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै सम्भ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताएका हुन् ।
राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतोले संसद पुनस्र्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए ।
‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले सम्भ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ’ उनले भने, ‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।’
तपाईको प्रतिक्रिया