सप्तरी । विराटनगरमा वायु प्रदूषण उच्च भएको छ ।
वायु प्रदूषण उच्च भएसँगै स्थानीय सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको छ । विराटनगर महानगरपालिकाले वायु प्रदूषण बढेपछि यस्तो अपिल गर्दै फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध समेत गरेको छ ।
सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०-६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो भन्दै बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ ।
तपाईको प्रतिक्रिया