सप्तरी (फत्तेपुर)। जनता समाजवादी पार्टी (जसपा)ले भारदहमा बिरोध कार्यक्रम गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा जसपाले आज प्रतिनिधी सभा विघटनको विरुद्धमा बिरोध कार्यक्रम गरेको हो ।
बिरोध कार्यक्रम बोल्दै सप्तकोशी नगरपालिका-९ कमलपुर जसपा नगर अध्यक्ष रामकुमार यादवले संसद विघटन पुनः जिबीत गर्नुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस असंवैधानिक रहेको ठहर गर्दै उनले भनेका छन् ‘संसद विघटन पुनः जिबीत गर्नुपछ ।’
उनले संविधान खारेज नगरी बुदागत रुपमा सच्याउनु पर्ने उनको धारण प्रकट गरेका छन् । साथै उनले जनताद्वारा र्निवाचित रेशम चौधरी रिहा गर्नुपर्ने माग समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया