काठमाडौँ। सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ ।
पुस १० गतेको आदेशानुसार इजलासमा बुधबार देखि अन्तिम सुनुवाइ हुन लागेको हो । पाँच सदस्यीय संवैधानिक इजलासमा रिट निवेदनहरुमाथि सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ । सर्वोच्चले यी निवेदनहरुमा नियमित सुनुवाई गर्ने छ ।
तर फैसला आउनका लागि एक महिनासम्म लाग्न सक्ने छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पुस १० गते प्रतिनिसभा विघटनविरुद्धका निवेदनको सुनुवाईका लागि आफूसहितको पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए ।
अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग गरिसकेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् । इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।
तपाईको प्रतिक्रिया