काठमाडौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बिजुलीको तार भूमगित गर्ने काम खतरनाक भएको बताएका छन् ।
आइतबार गृहनगर सन्धिखर्क पुगेर मन्त्री रायमाझीले बिजुलीको तार भूमगित गर्ने काम खतरनाक भएको बताएका हुन् । गत हप्ता मन्त्रालयका कर्मचारीलाई संयुक्तरुपमा निर्देशन दिँदै पनि यो कार्य खतरनाक भएको बताएका थिए ।
मन्त्री रायमाझीले ‘कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन् । त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइराखेको छ । अहिले त्यो अध्ययन भइराखेको छ ।’ भनेका थिए ।
काठमाडौंमा प्रधानमन्त्री केपी ओलीले नै उदघाटन गरेको भूमिगत तार बिछ्याउने योजनामाथि टिप्पणी गर्दै मन्त्री रायमाझीले भने, ‘साथीहरुले के कारणले गरे, त्यो १२ अर्बको काम गरिहालेछन् । गरिसकेपछि अहिले त्यो खतरनाक भइराखेको छ । अस्ति महाराजगञ्जमा अण्डरग्राउण्डको शट भयो । अहिले बन्द गराएर माथिबाट ल्याइयो । अहिले तलको बन्द गरियो । झन् खतरा भो । अब यस्तो गर्दिया छ साथीहरुले ।’
तपाईको प्रतिक्रिया