अर्घाखाँची। नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले सरकार निर्वाचन गर्न तयार रहेको बताएका छन् ।
सरकार बैशाख महिनामै निर्वाचन गर्न तयार रहेको उनले बताएका हुन् । संसद पुनः स्थापन हुन नसक्ने भन्दै सरकारका कारण निर्वाचनको कार्यतालिका हेरफेर नहुने स्पष्ट पारेका छन् ।
आइतबार सन्धिखर्कमा प्रेस संगठन अर्घाखाँची शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको भन्दै प्राविधिक हिसावले सबै तयारी पूरा हुनेमा सरकार आशावादी रहेको बताए ।
नेकपा स्थायी समिती सदस्य समेत रहेका रायमाझीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको दावी गए । प्रचन्ड सरकार ढाल्न खपिस रहेको भन्दै ९ पटकसम्म सरकार ढालेर देशमा अस्थिरता ल्याउनुभो,“प्रचण्डको काम फार्टी फुटाउने र सरकार गिराउने मात्र भएको जिकिर गरेका छन् ।
तपाईको प्रतिक्रिया