काठमाडौं । प्रतिनिधिसभा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने भएको छ ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने जनाइएको हो ।
यस अगाडि बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेकाले पुनःस्थापनाको मुद्दा लिएर सडक आन्दोलनमा जान नहुनेमा जोड दिएका थिए।
यस अगाडि बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेसले सोमबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गरेको थियो।
तपाईको प्रतिक्रिया