सप्तरी (फत्तेपुर) । उर्लाबारीमा बस दुर्घटना हुदाँ १ जनाको ज्यान गएको छ भने, १ जना घाईते भएका छन् ।
हिजो साँझ मोरङको उर्लाबारीमा बस दुर्घटना हुदाँ १ जनाको ज्यान गएको छ भने, १ जना घाईते भएका हुन् ।
प्रहरी निरीक्षक उद्धव पोखरेलका अनुसार, मृत्यु हुनेमा झापाको दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्की रहेको छ भने, घाईते हुनेमा दमक–४ का २७ वर्षीय उत्तम कटुवाल रहेका छन् ।
पश्चिमतर्फ आउँदै गरेको को १ ख ६२७८ नम्बरको यात्रुबहाक बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया