काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।
साथै उनले वर्तमान सरकारलाई संवैधानिक तथा कानुन मान्यता भएकोले कसैको भ्रममा नपर्न सवैलाई आग्रह गरेका छन् । गुरुङले नेपाल सरकारले गरेको निर्णयहरुमा कुनै पश्न उठ्न नसक्ने पनि बताए ।
सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएको भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्र प्रति केही कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उनले बताए ।
तपाईको प्रतिक्रिया