काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
प्राधिकरणको २२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहमा मन्त्री ढकालले आवश्यकता र औचित्यका आधारमा मात्र नयाँ विमानस्थलको निर्माण अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका हुन् ।
अहिले पनि २० भन्दा धेरै आन्तरिक विमानस्थल चलाउन नसकेको चर्चा गर्दै उनले भने “हामीले आवश्यकता र औचित्यका आधारमा एयरपोर्ट बनाउँछौँ कि पहुँच र शक्तिका आधारमा बनाएका छौँ रु अनावश्यक ढङ्गले राजनीतिक हस्तक्षेपका कारण एयरपोर्ट बनाउनुभएन ।”
मन्त्री ढकालले सो अवसरमा औचित्यको आधारमा स्थापित हुने गरी व्यावहारिक र वस्तुनिष्ठ हुने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन दिए। कोरोना महामारीका कारण उड्डयन क्षेत्र निकै प्रभावित भएकाले संस्थाको बृहत् हितका लागि पारदर्शी ढङ्गले काम गर्नुपर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया