बुटवल । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाएका छन् ।
अनन्तले प्रधानमन्त्री मुलुकमा निरंकुशता लाद्ने प्रयास गरिरहेको बताएका हुन्। साथै उनले ओली राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग आफू मातहत राखेको बताएका छन् ।
उनले ओलीलाई चेतावनी दिँदै असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने प्रयास कुनै हालतमा सफल हुन नदिने बताएका छन् । नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पनि पुनले लगाए।
तपाईको प्रतिक्रिया