काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरोधहरुलाई छिचोल्दै अविचलित निष्ठाका साथ अगाडि बढ्ने बताएका छन् ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा अघि बढ्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले अवरोधहरुलाई छिचोल्दै अविचलित निष्ठाका साथ अगाडि बढ्ने बताएका हुन् ।
आज अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा शुभकामना दिदै ओलीले भने, आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र ब्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौं ।
प्रधानमन्त्री ओलीमाथि गणतन्त्रले समाप्त पार्न लागेको प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुले आरोप लगाइरहँदा उनको पछिल्लो भनाई सार्वजनिक भएको हो । ओलीले नाम नलिई प्रचण्ड र नेपालतर्फ संकेत गर्दै निजी आकांक्षाहरुले अवरोध सृजना गरेको समेत उल्लेख गरेका छन् । समृद्धिको बाटोमा देशलाई लैजाने काममा अनेकन व्यवधानहरुको सामना गर्नुपरेको ओलीको शुभकामना सन्देशमा भनिएको छ ।
तपाईको प्रतिक्रिया