काठमाडौं । देशमा आज थप पाँच सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म १९ लाख २६ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ११० आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल छ हजार तीनसय जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा छसय जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५१ हजार ९१२ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.९ प्रतिशत छ ।
तपाईको प्रतिक्रिया