नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।
नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उनले संसद् विघटनको सिफारिस असंवैधानिक भएको जिकिर गरे । ‘प्रधानमन्त्रीले संसद् विघटनको जुन निर्णय गर्नुभयो, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थालाई सहयोग गर्दैन’, उनले भने ।
विघटित प्रतिनिधिसभामा नेकपाका तर्फबाट प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले संसद् पुनःस्थापना गरिछाड्ने जिकिर गरे । विघटित प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग नभएको दाबी गर्दै आन्तरिक छलफललाई लिएर जनताको अभिमतबाट निर्मित सार्वभौम प्रतिनिधिसभा विघटन सही नभएको बताए ।-रासस
तपाईको प्रतिक्रिया