Monday, July 14, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

लकडाउनमा योजना नभई जन्मिएका दुई लाख बालबालिका


लकडाउनमा योजना नभई जन्मिएका दुई लाख बालबालिका

Four month old baby, series with mother [url=http://www.istockphoto.com/file_search.php?action=file&lightboxID=2854722] [img]http://img47.imageshack.us/img47/4241/beautifulbabiesez7.jpg[/img][/url]

फिलिपिन्स । रोभेली जबाला आफ्नो दशौँ सन्तान पाउने क्रममा छिन्। हामी कुरा गर्न लाग्दा ४१ वर्षीया रोभेली असहज ढङ्गले ढाडलाई अडेस दिइन् ताकि उनले आफ्नो नवौँ सन्तानलाई काखमा राख्न सकून्।

‘कार्ल, जेवेल, जोयसी’ बच्चाहरूको नाम लिइरहँदा छ वर्षीय छोरा चार्ली विमति जनाउने नजरले उनीतिर हेरे। ‘माफ गर्नुहोला। उसको नाम चाहिँ चार्ली हो’ निर्दोषताका साथ रोभेलीले भनिन्।

परिवार नियोजनका उपायबारे थाहा हुनुअघि रोभेलीका सातवटा सन्तान भइसकेका थिए। तर उनको पेटमा हुर्किरहेको नवौँ बच्चा विश्वकै कडामध्येको लकडाउनका बेला नचाहँदा/नचाहँदै रहन गएको गर्भ हो।

लकडाउनका बेला सैनिकहरू बख्तरबन्द गाडीका साथ सडकमा गस्ती गरिरहेका हुन्थे भने सुरक्षा जाँच स्थल खडा गरेर प्रहरीले हिँडडुलमा रोक लगाइरहेका हुन्थे। खानेकुरा लगायतका अत्यावश्यक सामान खरिद गर्नका लागि परिवारको एकजना सदस्यलाई मात्रै बाहिर निस्कन अनुमति हुन्थ्यो।

लकडाउनको अर्थ दशौँ हजार महिलाले परिवार नियोजनका साधनसम्म पहुँच नपाउनु पनि थियो जसका कारण रोभलीले जस्तै उनीहरूले विना कुनै योजना गर्भधारण गर्नुपर्‍यो। युनिभर्सिटी अफ द फिलिपिन्स पोपुलेशन इन्स्टिट्युट र संयुक्त राष्ट्रसङ्घका अनुसार आगामी वर्ष त्यहाँ थप दुई लाख १४ हजार बच्चा जन्मिने अनुमान छ।

ती बच्चाहरू अस्पतालमा जन्मिनेछन् जहाँ बर्सेनि १७ लाख बच्चा जन्मने गरेका छन् र अस्पतालहरूलाई थेग्न गाह्रो भइरहेको हुन्छ। र, यो शुरूवात मात्रै हो। किनकि फिलिपिन्सको जनसङ्ख्यासम्बन्धी सङ्कटको कारण यो महामारी मात्रै होइन नजिकबाट नियाल्दा वर्षौँदेखि समस्याले जरा गाड्दै गएको देखिन्छ।

एक करोड ३० लाख जनसङ्ख्या रहेको राजधानी मनिला चाहिँ मनिला खाडी र सिएरा माद्रे पर्वत शृङ्खलाको बीचमा फैलिएको छ। सन् २०१५ को तथ्याङ्क अनुसार प्रतिवर्गकिलोमिटरमा औसतमा ७० हजार मानिस बसिरहेका छन्। शहरमा हुने ट्राफिक जामदेखि कारागारसम्ममा जनघनत्वलाई महसुस गर्न सकिन्छ। कारागारमा क्षमताभन्दा ३०० प्रतिशत बढी मानिस कोचिएर सुत्छन्।

र, गरिबहरू सबैभन्दा भिडभाडयुक्त क्षेत्रमा बस्छन् जहाँ फोहोरका डुङ्गुरबाट निकालिएको मासु खान कतिपयको नियतिमा हुन्छ। त्यहाँको गरिबीको सीधा सम्बन्ध उच्च जन्मदरसँग रहेको विज्ञहरू तर्क गर्छन्। प्रत्येक आमाले करिब दुईवटा बच्चा जन्माउने गरी त्यहाँको प्रजनन दर रहेको अनुसन्धानले देखाएको छ।

सानो जनसङ्ख्या हुँदा राष्ट्रिय बजेटमा सबैले ठूलो हिस्सा पाउँछन् जसबाट सबैले अवसरहरू प्राप्त गर्छन्। द फिलिपिन्सको सरकारलाई पनि यो कुरा थाहा छ। सन् १९६० को दशकदेखि प्रजनन दर घटाउने दिशामा उसले केही सफलता पनि पाएको छ। तीन करोड ३५ लाखबाट तेब्बरले बढेर आज ११ करोड जनसङ्ख्या भइसक्थ्यो। सन् १९६९ मा प्रतिआमा प्रजनन दर ६।४ रहेकोमा त्यो घटेर सन् २०२० मा २।७५ रहेको छ।

दक्षिणपूर्वी एशियाली देश थाइल्यान्डको कुरा गर्नुपर्दा सन् १९६० को दशकमा प्रतिआमा प्रजनन दर ५.८ रहेकोमा सन् २०२० मा १।५ रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ। थाइल्यान्डमा गरिबी १० प्रतिशत छ भने द फिलिपिन्समा गरिबी १७ प्रतिशत रहेको छ। यस्तो फरक किन त ?

द फिलिपिन्सका निकै प्रभावशाली क्याथोलिक गिर्जाघरहरूले परिवार नियोजनको विरोध गर्दै आएका छन्। ‘बिलकुल हामी परिवार नियोजनको विरोध गर्छौँ’ फादर जेरोम सेलिकानोले भिडिओ कलमार्फत भने।

तर गिर्जाघरहरूको गलत सन्देशबीच पनि प्रजननदर घट्नुमा प्रजनन स्वास्थ्य कानुन ९२०१२० को सशक्त कार्यान्वयनको योगदान रहेको राष्ट्रपति रोड्रिगो डुटेर्टेका पूर्व सामाजिक-आर्थिकमन्त्री एर्नेस्टो पेर्निआ दाबी गर्छन्। उक्त कानुनले यौन शिक्षा र परिवार नियोजनका साधनमा गरिबहरूको पहुँचलाई थप निःशुल्क पारेको उनी बताउँछन्।

‘हामीले पूरै चार वर्ष गुमाउनेछौँ जुन कार्यक्रममा हामीले काम गर्दै आएका छौँ’ जनसङ्ख्या तथा विकास आयोगका कार्यकारी निर्देशक ख्वाँ एन्टोनिओ पेरेजले भने। ‘योजनाविनाका थप गर्भधारण हुनेछन्, अहिले १० मध्ये तीनवटा गर्भधारण योजनाविनाका छन्। नराम्रो परिदृश्यको कुरा गर्ने हो भने आगामी वर्ष आधा जति गर्भधारण योजनाविनाका हुनेछन्।’

डा. होसे फाबेला स्मृति मेडिकल अस्पतालका कर्मचारीहरू व्यस्त हुने गर्छन्। सन् २०१२ को कुरा गर्नुपर्दा दैनिक त्यहाँ १२० जना बच्चा जन्मिन्थे। अमेरिकी उपनिवेशकालीन समयताका मातृशिशु वार्डलाई ‘द बेबी फ्याक्ट्री’ अर्थात् बच्चा जन्माउने उद्योग भनिन्थ्यो। सन् २०१२ मा प्रजनन स्वास्थ्य कानुन कार्यान्वयनमा आएयता सालाखाला त्यो सङ्ख्या आधाले घटेको छ। तर अहिले आएर फेरि बच्चाको सङ्ख्यामा ‘व्यापक वृद्धि’ हुने देखिएको छ।

बच्चाको सङ्ख्यामा व्यापक वृद्धि हुँदा कैयौँ पुस्तामा दीर्घकालीन रूपमा थप गरिबीको समस्या निम्त्याउने कुरामा पेर्निआको आँखामा सन्देह देखिँदैन। गरिबहरूले थप बच्चा जन्माउँदा प्रणालीले थेग्न नसक्ने उनको धारणा छ। तर कोभिड-१९ ले राष्ट्रिय बजेटमाथि ठूलो तनाव थपेको छ जसले झन् समस्या निम्त्याउनेछ।

‘जनसङ्ख्या कार्यक्रमलाई साँच्चै पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि हामीलाई कम्तीमा चार करोड १५ लाख डलर चाहिने भन्दै आएका थियौँ। तर आयोगलाई करिब एक करोड ४० लाख डलर उपलब्ध गराइयो’ पेर्निआले भने। युवतीहरू धेरै गर्भधारण गर्नेमा द फिलिपिन्स दक्षिण पूर्वी एशियाली मुलुकमध्ये दोस्रो स्थानमा आउँछ। महामारीका कारणले झन् २० प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ ।

गरिब र धनीबीचको खाडल कम गर्ने दिशामा सरकारले पर्याप्त काम गर्न नसकेको भन्दै क्याथोलिक गिर्जाघर परिवार नियोजनविरोधीको रूपमा आफूलाई प्रस्तुत गरिएकोमा आपत्ति जनाउँछ। ‘यो तथाकथित प्रजनन स्वास्थ्य प्रणालीको विफलताका लथि गिर्जाघरलाई दोषी देखाउन यी विधर्मीहरूलाई सधैँ राम्रो लाग्छ’ फादर जेरोमले भने। रोभेलीलाई केही थाहा छैन तर गरिबीबारे यी मानिसहरू कुरा गर्छन्।

उनी बासेको, तोन्डोमा बस्छिन् जुन विश्वका सबैभन्दा बढी जनघनत्व भएका ठाउँमध्ये एक हो। तर क्याथोलिक गिर्जाघर र त्यसले परिवार नियोजन तथा गर्भपतनबारे दिने शिक्षाबारे उनलाई थाहा छ। ‘मेरो पेटमा एक महिनाको गर्भ रहँदै मैले बच्चा फाल्ने कुरा श्रीमान्‌लाई भनेँ। तर पाप गर्नुभन्दा बच्चा पाउने भनेर उहाँले जवाफ दिनुभयो’ रोभेलीले भनिन्।

‘हामी छुट्टिएको करिब तीन महिना भएको छ।’ आँसु पुछ्दै रोभेलीले आफूलाई सन्तानहरूको भविष्यबारे चिन्ता लागेको भनिन्। ‘उनीहरूको शिक्षामा सघाउन सक्छु कि सक्दिनँ भन्ने कुरा मेरो एक नम्बरको चिन्ता रहेको छ’ रोभेलीले भनिन्। कहिलेकाहीँ मलाई रिस उठ्छ र धैर्य गुमाउँछु। उनीहरूलाई भन्ने गर्छु कि कोही धनीले ग्रहण गरिदिए उनीहरूले राम्रो शिक्षादीक्षा पाउँथे। तर फेरि आफैँलाई भन्छु यो कुरा म आफैँले गर्न सक्छु शायद ! बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन
banner News

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

अशोज २, २०८१, २:०७ PM
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार
banner News

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

अशोज १, २०८१, ११:५३ AM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
banner News

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

भदौ १५, २०८१, २:२१ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
banner News

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

भदौ १५, २०८१, १२:०० AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि