विराटनगर । प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएका कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएको छ । नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङबुहाङको नेतृत्वमा गएको टोलीले अविश्वास प्रस्ताव दर्ता गरेको हो ।
यो नेकपाको ६७ सदस्यको बहुमत सदस्य हुन आउँछ । संसद सचिवालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेसँगै अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् ।
तपाईको प्रतिक्रिया