विराटनगर । प्रदेश १ सरकारका तीनजना मन्त्रीले पनि राजीनामा दिएका छन् ।
संघीय प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रम र राजनीतिक असहज परिस्थितिका कारणले आज प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा हो ।
नेकपा भित्रको विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि विकसित घटनाक्रम र राजनीतिक असहज परिस्थितिका कारणले मन्त्री राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामामा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया