काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको लामो शक्तिसंघर्षपछि नेपाल कम्युनिस्ट पार्टी फुटेको छ ।
पार्टी फुटेपछी जिम्मेवारी वाड-फाडको क्रममा माधव नेतृत्वको समूहले पार्टी उपाध्यक्षमा भीम बहादुर रावल, महासचिवमा सुरेन्द्र पाण्डे र पार्टी प्रवक्तामा नारायण काजी श्रेष्ठलाई तोकीएको प्रचण्ड निकट उच्च स्रोतले जनाएको छ ।
त्यस्तै, नेकपाको ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाइ ज्ञवालीलाई राख्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया