काठमाडौं । केपी शर्मा ओलीलाई नेकपा अध्यक्षसहित पार्टीबाटै हटाइने भएको छ ।
आज बसेको कार्की बैंकेटमा प्रचण्ड पक्षीय बैठकले ओलीलाई नेकपा अध्यक्षसहित पार्टीबाटै हटाउने निर्णय गरेको हो । आजको बैठकमा ३ सय भन्दा बढी मौजुदा केन्द्रिय सदस्य सख्या मध्ये ३ सय १० जना उपस्थित थिए ।
४४७ मौजुदा सदस्य सख्याको दुई तिहाई हो । नेकपाको मौजुदा केन्द्रीय कार्यसमितिको ४ सय ४७ मध्ये ३ सय १० जनाको उपस्थिति भएको बैठकले ओलीलाई हटाउने निर्णय गरेको हो । बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो ।
वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले संसद बिघटन गराएपछि नेकपाभित्रको विवाद चर्किएको थियो ।
तपाईको प्रतिक्रिया