काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको लामो शक्तिसंघर्षपछि नेपाल कम्युनिस्ट पार्टी फुटेको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दुवै पक्षले नेकपामा आफू वैधानिक भएको दाबीका लागि पत्र निर्वाचन आयोगमा पठाएका छन् । यससँगै नेकपा फुटेको हो ।
सोमबार नै अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीको जानकारीसहितको पत्र प्रचण्ड पक्षीय नेकपाले निर्वाचन आयोगमा दर्ता गराएको थियो । स्थायी कमिटी सदस्य लिलामणि पोखरेल उक्त पत्र लिएर निर्वाचन आयोग पुगी दर्ता गराएका थिए ।
आज ओलीमाथि प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बसेर पार्टी सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गर्दैछ । प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बस्नुपूर्व ओली पक्षीय बैठक बालुवाटारमा बसेर अर्को निर्णय गरेका छ । जसमा पार्टी केन्द्रीय कमिटी विस्तार गरी ४४७ बाट ११ सय ९९ पुर्याइएको छ ।
तपाईको प्रतिक्रिया