काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ ।
त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।
तपाईको प्रतिक्रिया