काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन् ।
पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले संसद विघटन गर्न सिफारिश गर्ने प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक र गलत कदम भएको संज्ञा दिएका हुन् ।
उनले ‘राष्टपतिले यो कदममा साथ दिनुहुँदैन । लोकतन्त्र र संघीयतामाथि कू भयो । हामी सशक्त रुपमा यसको विरोधमा प्रतिवाद गर्छौं ।” भनेका छन् ।
आज आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
तपाईको प्रतिक्रिया