काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले पार्टीभित्रको विवाद हल हुने बताएका छन् ।
एक कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पाण्डेले पार्टीभित्रको विवाद हल हुने र पार्टी एकताबद्ध ढंगले अघि बढ्ने दाबी गरेका हुन् । उनले नेताहरुबीच सघन छलफल तथा वार्ता भैरहेकोले विवाद छिट्टै हल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे ।
उनले भने, ‘हामी पार्टी विवाद मिलाउनको लागि समन्वय गरिरहेका छौं । यसअघिपनि गरेकै हो । विवाद मिलाउनको लागि हामी कोशिस गरिरहेका छौं । मुख्य कुरा पार्टीलाई विधिरपद्धती ढंगले चलाउन लागेका छौं । विधि र पद्धती कायम गर्दै अग्रगमन कायम गर्दै अघि बढ्ने कुरा मुख्य कुरा हो । नेताहरुबीच कुरा मिल्छ । पार्टीभित्र विवादका घट्ना धेरैपटक भैसकेको छ । यो घट्ना पनि साम्य हुन्छ ।’
,‘पार्टी विभाजनको कसैको चाहना होला, तर पार्टी चाहीँ विभाजन हुँदैन् । तर, विश्वास गरौं पार्टी विभाजन हुँदैन् । अध्यक्षद्धय ओली र दाहालबीच सम्झौता हुने मात्रै होईन, सबै नेताबीच सहमति हुन्छ । छलफल र सम्वाद जारी छ । प्रधानमन्त्री हटाउने कुरा भएको छैन् । राष्ट्रपतिले संविधानको पूर्ण पालना गर्नुभएको छ । उहाँले गर्नुपर्ने काम गर्नुभएको छ ।’ उनले थपेका छन् ।
तपाईको प्रतिक्रिया