काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट माइतीघर पुगेका छन् ।
आन्दोलनरत उखु किसानलाई भेट्न शुक्रबार मन्त्रीहरु त्रिपाठी र भट्ट माइतीघर पुगेका हुन् । मन्त्री भट्टले त्यहाँ उखु किसानका अगुवालाई भेटेर चिनी उद्योगले रकम भुक्नानी दिन सुरु गरेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् ।
श्रीराम सुगर मिलले किसानलाई वितरण गर्न मिल्ने गरी १६ करोड रुपैयाँ जम्मा गरिसकेको र सकेसम्म शनिबार देखिनै रकम वितरण थाल्न राष्ट्रिय वाणिज्य बैकलाई अनुरोध गर्ने मन्त्री भट्टले बताए ।
तपाईको प्रतिक्रिया