काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तीन(चार वर्षयता भौतिक पूर्वाधारका क्षेत्र विस्तार भइरहेकाले त्यसअनुरुप स्रोतसाधन र आवश्यक जनशक्ति नभएकाले समस्या देखिन थालेको बताएका छन् ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री नेम्वाङले यी वर्षमा पूर्वाधारका क्षेत्रमा रेल, सुरुङमार्ग, फराकिला सडक थपिँदै गएको बताए । उनका अनुसार त्यही अनुरुप कार्यान्वयन गर्ने निकायमा जनशक्ति नहुनु, निर्माण व्यवसायीको क्षमता नबढ्नु, आवश्यक स्रोतको अभावका कारण आयोजना समयमै सम्पन्न नभएको पाइएको छ ।
केही वर्षयता पुल, कालोपत्र, ग्राभेल र माटे गरी तीनै किसिमका सडक निर्माण बढी भएका उनले जनाए । उनले भने “गत आवमा कोभिडको असर भए पनि झण्डै ६० प्रतिशत वित्तीय र भौतिक प्रगति भएको थियो ।” हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग दुवै राष्ट्रिय गौरवका आयोजना आव २०७९(८० सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मन्त्री नेम्वाङले जानकारी दिए ।
हुलाकी राजमार्गका विभिन्न स्थानमा रहेका पुलको समस्या र मध्यपहाडीमा गोरखालगायतका जिल्लामा रहेको ‘एलान्मेन्ट’ समस्याको समाधान खोजिएको उनले बताए । उत्तर–दक्षिण राजमार्गअन्तर्गतको कर्णाली करिडोरमा भौगोलिक कठिनाइका कारण हुम्ला सदरमुकाम सिमकोटसम्म सडक पुग्न नसकेको उनले बताए। उनले भने “झण्डै दुई किमी सडक बनाउन सेनालाई भनिएको छ ।”
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले विकासे मन्त्रालयमा रहेका रुग्ण ठेक्का कम भइरहेको जानकारी आएको बताए । आयोगले आयोजना गरेको पहिलो चौमासिक समीक्षाका क्रममा मन्त्रालयले ठेक्का सम्पन्न भएर रुग्ण ठेक्का कम भएको बताएको उनले जानकारी दिए प्रधानमन्त्री कार्यालय वा सङ्घीय मामिला मन्त्रालयबाट सम्पर्क गर्नुपर्ने अवस्था छ ।”
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडकको अधिकार क्षेत्रको समस्या धेरै ठाउँमा रहेको बताए । जयनगर–कुर्था रेल सञ्चालनको क्रममा रहेको र पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत विभिन्न खण्डमा निर्माण भइरहेको उनको भनाइ छ । विभिन्न स्थानमा अझै पनि कोभिडका कारण काम गर्न नसकिएको उनले बताए। रासस
तपाईको प्रतिक्रिया