काठमाडौं। उखु किसानको भुक्तानी एक साताभित्र मिलाउन निर्देशन दिएको छ ।
संघीय संसदको उद्योग तथा वाणिज्य समितिले उखु किसानको भुक्तानी एक साताभित्र मिलाउन सरकारलाई निर्देशन दिएको हो । उखु किसानहरु आफ्नो भुक्तानी नपाएको कारण केही दिनदेखि आन्दोलित छन् ।
आज बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु किसानलाई सातदिन भित्र भुक्तानीको व्यवस्था मिलाइ सोको विवरण समितिमा उलब्ध गराउन निर्देशन दिएका हुन् ।
तपाईको प्रतिक्रिया