काठमाडौं । नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका छन्।
नेकपा स्थायी कमिटी बैठकमा उपस्थित हुन नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका हुन् । बैठकमा अध्यक्ष दाहाललगायत नेताहरु उपस्थित भएको र प्रधानमन्त्री उपस्थित नभएको स्थायी कमिटी एक सदस्यले जानकारी दिए।
ओली नआए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बैठक सुरु गर्ने बताइए पनि बैठक सुरु हुन सकेको छैन । बैठकअघि ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । यसअघि मंसिर २८ गते आइतबार बसेको स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।
तपाईको प्रतिक्रिया