सप्तरी (फत्तेपुर) । हाल प्रदेश २, बागमती प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू–भागहरुमा हुस्सु/कुहिरो लागेको छ।
तराईका अधिकांश भु–भागहरुमा तथा पहाडका केही भू–भागहरुमा वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १ गते
दिउँसो: प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा आँशिक बदली रहनेछ ।
रातीः देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २ गते
दिउँसो – देशको पहाडी भू(भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको पहाडि भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ३ गते
दिउँसो : देशको पहाडी भूःभागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको पहाडि भूःभागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तपाईको प्रतिक्रिया