काठमाडौं । देशमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा देशमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज एक हजार ९९६ जना सङ्क्रमित निको भएर घर फर्केको मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएको छ ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ५० हजार १८० पुगेको छ । एक हजार ९९६ जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल नौ हजार ८८१ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निको हुने दर बढिरहेको छ । अहिले नेपालमा निको हुने दर ९५.३६ प्रतिशत रहेको छ । नेपालमा अहिले ४५७ जना क्वारेन्टिनमा छन् ।
तपाईको प्रतिक्रिया