काठमाडौं । सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै उखु किसान अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन्।
चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। केही दिनदेखि माइतीघरमा भेला भएर उनीहरु सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग उठाइरहेका छन्। आज माइतीघरमा भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित किसान धर्ना दिइरहेका छन्।
किसान काठमाडौं केन्द्रित आन्दोलनमा रहँदा उद्योगीहरुले भने माइतीघरमा आन्दोलन गर्ने किसान नभइ बिचौलिया भएको आरोप लगाएका थिए। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको बताएका थिए। त्यसैकारण किसान प्रमाण लिएर आज धर्नामा बसेका हुन्।
तपाईको प्रतिक्रिया